logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटन मुद्दामा यी पाँच न्यायाधीशलाई तोकियो पेसी


अंकुरण खबर
1.066K
Shares

प्रतिनिधि सभा विघटनविरूद्ध परेका १३ रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले आज पूर्ण इजलासमा पेशी तोकेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी तोकिएका छन् ।

न्यायपरिषदको सिफारिसमा परेका १४ जना न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेका हुन् । प्रतिनिधिसभा विघटन संवैधानिक विषय बनेकाले यसको टुंगो लगाउन संवैधानिक इजलासमा पठाउने आदेश राणाको एकल इजलासले बुधवार दिएको थियो ।

रिट निवेदक र बहसकर्ताहरुको सूची लामो भएकाले सुनुवाई लम्बिन सक्ने सर्बोच्च स्रोतले जनाएको छ ।