logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्च अदालत बाहिर प्रधानमन्त्रीविरुद्ध नाराबाजी, नेविसंघ कार्यकर्ता पक्राउ


अंकुरण खबर
2.509K
Shares

संसद विघटनको पक्ष र विपक्षमा बहस भइरहेको बेला सर्वोच्च अदालत अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ ।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने नेविसंघ कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले ‘असंवैधानिक कदम खारेज गर’ लेखिएको प्लेकार्ड र नेविसंघको झण्डा बोकेका थिए । नेविसंघका नवराज त्रिपाठीसहित ५ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेपछि सरकारको सर्वत्र विरोध भइरहेको छ ।