logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटनविरुद्ध पुस १३ गते प्रदर्शनमा उत्रिन कांग्रेसको अपील


अंकुरण खबर
806
Shares

नेपाली कांग्रेसले संसद विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेको छ ।

सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गरी संसद विघटनविरुद्ध पुस १३ गते हुने प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेका हुन् ।

कांग्रेसको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा  पुस १३ गते सोमबार १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको गर्ने निर्णय गरेको थियो।

देउवाले कार्यकर्ता, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता जनाउन पनि अपील गरेका छन्।

कांग्रेस पदाधिकारीको बैठकले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको पनि स्मरण देउवाले गराएका छन्।

‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ। जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैंले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

हेर्नुस् विज्ञप्ति:

https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.0-9/133348498_1939512472867968_6034500877793712614_o.jpg?_nc_cat=105&ccb=2&_nc_sid=730e14&_nc_ohc=a81SA7sRe38AX-7T3v1&_nc_ht=scontent.fktm10-1.fna&oh=0fb5160176196d2c0edcae5b22a76ccd&oe=600BD45B