logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

संसद विघटनको विरोधमा जसपाको काठमाडौंमा प्रदर्शन


अंकुरण खबर
1.833K
Shares

जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनविरुद्ध देशभर आन्दोलन गरिरहेको छ ।

यसैक्रममा आइतबार जसपाले काठमाडौंमा जुलुस प्रदर्शन गरेको छ । जसपाले काठमाडौँको शान्तीबाटिकाबाट शुरु भएको र्याली पुतली सडक हुदै भृकुटीमण्डप भएर शान्तिबाटिका पुगेर कोण सभामा परिणत हुदै छ ।

र्यालीमा जसपा नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदी लगायतको सहभागिता रहेको छ ।

संसद विघटनविरुद्ध आन्दोलनमा रहेको जसपाले शुक्रबार देशका सबै जिल्लामा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो । जसपाले शनिबार सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकालेको थियो भने आज काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गरेको हो ।

जसपाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्ण रुपमा खारेज गरेको छ ।