logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल समूहले काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने


अंकुरण खबर
1.209K
Shares

संसद् विघटनविरद्ध आन्दोलरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले पुस १४ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

आज पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकले पुस १४ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसका लागि तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको नेकपा वरिष्ठ नेता झलानाथ खनालले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने बताए । ‘काठमाडौंमा हाम्रो शक्ति प्रदर्शन गर्छौं,’ नेता खनालले भने, ‘प्रदर्शनमा ५० हजारदेखि एक लाख कार्यकर्ता उतार्छौ।’

त्यसका लागि आजैदेखि तयारी थालिएको उनको भनाइ छ । बैठकले शक्ति प्रदर्शनका लागि छलफल गरेको उनले बताए ।

नेकपाको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार, राजधानी र देशका विभिन्न शहरमा प्रदर्शन गरिने भएको छ ।