logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अस्ट्रेलियाविरुद्ध पहिलो खेलको पालीमा ३६ रनमा समेटिएको भारतको शानदार पुनरागमन


अंकुरण खबर
858
Shares

भारतले अस्ट्रेलियाविरुद्धको जारी टेस्ट क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा जित हात पार्ने सम्भावना बलियो बनेको छ।

पहिलो पालीमा एक सय ३१ रनले पछाडि  परेको घरेलु टोली अस्ट्रेलियाले दोस्रो पालीमा तेस्रो दिनको खेल समाप्त हुँदा ६ विकेट गुमाएर एक सय ३३ रन बनाएको छ ।

अस्ट्रेलिया यो स्थितीमा २ रनले मात्र अगाडि छ। अस्ट्रेलियाले पहिलो पालीमा एक सय ९५ रन जोडेर सबै विकेट गुमाएको थियो । भारतले भने पहिलो पालीमा ३ सय २६ रन जोडेको थियो। भारतका अजिन्क्या रहानेले एक सय १२ रन जोडेका थिए ।

दोस्रो पालीमा अस्ट्रेलियालाई संकटमा पार्न रविन्द्र जडेजाले दुई तथा जसप्रित बुमराह, उमेश यादब, मोहम्मद सिराज र रविचन्द्रन आश्विनले एक एक विकेट हात पारे ।

पहिलो टेस्टमा लज्जास्पद हार ब्यहोरेपछि भारतीय टोली दबाबमा छ। पहिलो खेलको दोस्रो पालीमा भारत केवल ३६ रनमा समेटिएको थियो ।