दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ५९ रनले हराएको छ ।
सुदूरपश्चिमले दिएको १०८ रनको लक्ष्य पछ्याएको गण्डकीले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर ४८ रन मात्र बनाउन सकेको हो ।
गण्डकीका लागि पूर्णता शाहीले १७ बलमा २ रन, शिला क्षेत्रीले २१ बलमा ४ रन, सृष्टी पौडेलले १० बलमा ८ रन, सीमाना केसीले २५ बलमा ४ रन, एलिशा लामिछानेले ७ बलमा ४ रन सातै अविजित रहेका ज्योत्सिन्का मरासिनीले १४ बलमा ६ साथै कुसुम गोदारले १९ बलमा ५ रन बनाए ।
सुदूपश्चिमका लागि सुनिता लुहारले दुई साथै कविता कुँवर, ऋतु कनोजिया र लक्ष्मी साउदले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूपश्चिमले १९.३ ओभरमा १०७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । जसमा मञ्जु बोकटीले १४ बलमा १० रन, रेवती धामीले ३६ बलमा २७ रन, कविता कुँवरले ११ बलमा ७ रन, डोली भट्टले ९ बलमा २ रन, बिन्दु रावलले २३ बलमा १३ रन, ऋतु कनोजियाले ११ बलमा ७ रन, कविता जोशीले ३ बलमा २ रन, रुबी पोद्दारले ९ बलमा ५ रन, सुनिता लुहारले ३ बलमा १ रन र लक्ष्मी साउदले २ बलमा १ रन बनाएका थिए ।
गण्डकीका लागि सृष्टि पौडेल र एलिशा लामिछानेले तीन–तीन साथै एञ्जिला विश्वकर्मा, कुसुम गोदार र ज्योत्सिन्का मरासिनीले एक–एक विकेट लिए ।
प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत नै वागमती प्रदेश र प्रदेश नम्बर १ को खेल मंगलबार दिउँसो हुँदेछ। यसअघि नै समूह ‘ए’ बाट एपिएस र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन् भने प्रदेश नम्बर २ र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेका छन् ।