इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण जित दर्ता गरेको छ ।
गएराति भएको खेलमा युनाइटेडले उल्भ्सलाई १-० ले पराजित गरेको हो ।
युनाइटेडको जितमा मार्कस राशफोर्डले निर्णायक गोल गरे । जितपछि म्यानचेस्टर युनाइटेड दोस्रा स्थानमा पुगेको छ । उसको १५ खेलबाट ३० अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको समान १५ खेलबाट ३२ अंक रहेको छ । पराजित भएको उल्भ्स १६ खेलबाट २३ अंकसहित १२ औँ स्थानमा झरेको छ ।
अर्को खेलमा आर्सनलले ब्राइटनलाई १-० ले पराजित गरेको छ । आर्सजनका लागि लाकाजेटीले निर्णायक गोल गरे । जितसँगै आर्सनल १६ खेलबाट २० अंकसहित १३ औँ स्थानमा उक्लिएको छ ।
राति नै भएका अन्य खेलमा बर्नलीले सेफिल्ड युनाइटेडलाई १-० तथा लीड्स युनाइटेडले वेष्ट ब्रोमलाई ५-० ले पराजित गरेको छ । साउथह्याम्पटन र वेष्ट ह्यामले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन् । एजेन्सी