logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री कप : प्रदेश-१ विरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम


अंकुरण खबर
1.144K
Shares

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा अहिले प्रदेश नम्बर–१ र सुदूूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दै छन् ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै छ । मौसमका कारण खेल केही समय ढिला सुरु भएको छ ।

दुई टोलीबीचको खेल १६ ओेभरको हुने भएको छ । आजको खेलमा जित निकाल्दै दुवै टोली सेमिफाइनलनजिक पुग्ने योजनामा छन् ।

दुवै टोलीले पहिलो खेलमा सहज जित हासिल गरेका थिए । सुदूरपश्चिमले गण्डकी प्रदेशलाई हराएको थियो । प्रदेश–१ ले वाग्मती प्रदेशविरुद्ध सहज जित निकालेको थियो ।