logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चारदिने भ्रमणपछि स्वदेश फर्कियो चिनियाँ उच्चस्तरीय टोली


अंकुरण खबर
806
Shares

चारदिने नेपाल भ्रमण रहेको चिनियाँ उच्चस्तरीय टोली स्वदेश फर्किएको छ ।

आइतबार नेपाल भ्रमणको लागि चार्टर्ड विमानमार्फत काठमाडौं आएको टोली बुधबार बिहान स्वदेश फर्किएको हो ।

भ्रमणका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग छुट्टा छुट्टै भेट गरेको थियो ।

साथै प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटघाट गरेको थियो ।

नेकपामा विवाद चर्किदै गए पछि चिनियाँ उच्चस्तरीय टोली नेपाल आएको हो ।