नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले यस सिजनमा बिग बास लिग (बीबीएल)को पहिलो खेल भोलि मेलबर्न स्टार्सविरुद्ध खेल्ने भएका छन् ।
बीबीएको यस सिजनका लागि होबर्ट हुरिकेन्समा आबद्ध सन्दीप दुई साताअघि अस्ट्रेलिया गएका थिए । उनको १४ दिन क्वारेन्टाइन सकिएसँगै मैदानमा आएका हुन् ।
भोलि हुरिकेन्सले मेलबर्न स्टार्सविरुद्ध खेल्नेछ । सन्दीपले यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए ।
आज हुरिकेन्सले घोषणा गरेको टिममा सन्दीप पनि अटाएका छन् । उनले अहिलेसम्म ६ खेल गुमाएका छन् ।
उनको खेल नेपाली समयअनुसार, भोलि बिहान ११ः५० बजे सुरु हुनेछ ।
उनले यस पटक आईपीएलमा एउटा पनि खेल खेल्न पाएनन्। दिल्ली क्यापिटल्समा आबद्ध सन्दीपले आईपीएल अवधिभरि बेन्चमै बस्नु परेको थियो।