logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेड र लिभरपुलले बराबरी अंक बाँडे


अंकुरण खबर
1.859K
Shares

म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्न सफल भएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि २–१ को जित हासिल गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन ४० औँ मिनेटमा एन्थोनी मार्शल र ६१ औ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गरेका हुन् । एस्टन भिल्लाका लागि ५८ औँ मिनेटमा बेट्रान्ड ट्राओरीले एक गोल फर्काएका थिए ।

जितसँगै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको पनि समान खेलबाट समान १६ अंक नै भएको छ । यस्तै गएराति नै भएको अर्को खेलमा वेष्ट ह्याम युनाइेटडले एभर्टनमाथि १–० को जित दर्ता गरेको छ । एजेन्सी