logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रियाल मड्रिड ला लिगाको शीर्ष स्थानमा


अंकुरण खबर
1.222K
Shares

सेल्टा भिगोलाई २–० ले हराउँदै रियाल मड्रिड स्पेनिस लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन लुकास भाज्क्वेज र मार्को एसेन्सीयोले एक-एक गोल गरे ।

जितपछि १७ खेलबाट ३६ अंक जोडेको रियाल मड्रिड शिर्ष स्थानमा उक्लिएको छ । १४ खेल मात्रै खेलेको एथ्लेटिको मड्रिड ३५ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

ला लिगाअन्तर्गत गएराति भएको अर्को खेलमा भियारियालले लेभान्तेलाई २–१ ले हराउँदा रियाल भालाडोलिडले गेटाफेमाथि १–० को जित निकाल्यो । यसैगरी रियाल बेटिस र सेभियाले १–१ गोलको बराबरी खेले । एजेन्सी