logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाका दुवै समूहलाई निर्वाचन आयोगको पत्र


अंकुरण खबर
1.248K
Shares

सत्तारुढ नेकपाको विभाजनपछि उत्पन्न आधिकारिकताको विषयमा निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई पत्र पठाएको छ ।

आयोगले आइतबार दुवै समूहलाई पत्र पठाउँदै आवश्यक कागजातहरु उपलब्ध गराउन निर्देशन दिएको हो ।

आयोगले निर्वाचन ऐनको दफा ४३ बमोजिम दलको नाम, छाप, झण्डा वा चिन्ह सम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिन्ह दाबी गर्ने पक्षले केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न भनेको छ ।

यस्तै, यदि दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता सम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्न पनि केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित पेश गर्न भन्दै पत्र काटेको छ ।

यस्ता दाबी विवाद भएको ३० दिनभित्र निर्वाचन आयोग समक्ष आधार तथा प्रमाणसहित पेश गर्नुपर्नेछ ।