नेकपा दाहाल-नेपाल समूहको स्थायी समिति बैठकले पार्टी एकताका बाँकी काम सम्पन्न गर्न एक कार्यदल गठन गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठन भएको कार्यदलले पार्टी भित्रका विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप काम गर्ने बताइएको छ ।
माधव नेपालको अध्यक्षतामा आइतबार पेरिसडाँडामा स्थायी समिति बैठक बसेको थियो । आन्दोलनलाई व्यवस्थित बनाउने, प्रदेश सरकार र त्यसमा सरकारले पार्न सक्ने प्रभाव लगायत विषयमा सोमबारको स्थायी समिति बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।
बैठका पार्टीका नेताहरूलाई दिइएको जिम्मेवारी हेरफेर गर्ने लगायत विषयमा पनि छलफल हुने भएको छ । स्थायी समितिको अर्को बैठक सोमबार एक बजेका लागि बोलाइएको छ ।