logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँ कांग्रेसले प्रर्दशन गर्ने


अंकुरण खबर
1.391K
Shares

नेपाली कांग्रेस काठमाडौँले प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ।

बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले असंवैधानिक कदमका विरुद्धमा सडकमा थप कार्यक्रम लिएर उत्रने निर्णय गरेको हो।

जिल्ला सभापति सबुज बानियाँका अनुसार केन्द्रको निर्देशनअनुसार सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। बानियाँका अनुसार गैरसंवैधानिक कदमका विरुद्ध पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते गाउँपालिका तथा नगरपालिकामा र माघ ८ गते वडा स्तरमा विरोधका कार्यक्रम गरिने छ।

बैठकले यही पुस २५ गते दिउँसो १ बजे काठमाडौँ जिल्लाका २० वटा प्रदेश निर्वाचन क्षेत्रमा एकै साथ विरोध प्रदर्शन गर्न जिल्ला भित्रका सम्पूर्ण पार्टी सदस्यलाई निर्देशन दिएको सभापति सबुज बानियाँले जानकारी दिए।

गत पुस १९ गते बसेको नेपाली कांङ्ग्रेसको केन्द्रीय समितीको बैठकले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गरेको प्रतिनिधि सभा विघटनको विरोधमा देशैभर प्रदर्शन गर्ने निर्णय गरेको थियो।