राष्ट्रियसभाको बैठक आज बस्दैछ । हिउँदे अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची छ ।
यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्ने कार्यतालिका पनि रहेको छ ।
यसअघि पुस १७ को बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए ।
बैठकमा दलीय प्रतिनिधित्वका आधारमा दलका नेताहरुले सम्बोधन गरेका थिए ।