logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वैशाख १७ र २७ गते चुनाव हुने प्रधानमन्त्री ओलीको दाबी


अंकुरण खबर
715
Shares

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने दाबी गरेका छन् ।

उनले प्रतिनिधि सभा विघटन गैर संवैधानिक भन्नेलाई संविधानको कोरा कुरा मात्र नगरेर राजनीति बुझ्न सुझाव दिए ।

कैलालीको धनगढीमा शुक्रवार आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनाव गर्नेमा आशंका नगर्न आग्रह गरेका हुन् ।

‘कतिपयले ओलीले चुनाव गर्दैन भनेका छन्, दोहोर्‍याएर होइन तेहेर्‍याएर भन्न चाहन्छु वैशाख १७ र २७ गते नै चुनाव हुन्छ,’ ओलीले भने, ‘खराब तत्वलाई तलैबाट ठेगान लगाएर पठाउनुस्, हात जोडेर भन्न चाहन्छु, देशद्रोही तत्वलाई गाउँगाउँबाटै ठेगान लगाउनुस्, तिनलाई भोट नहाले पुग्छ ।’