logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाहालले संविधान र लोकतन्त्रमाथि ‘कू’ गर्न खोजेको खानेपानीमन्त्री थापाको आरोप


अंकुरण खबर
1.014K
Shares

खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले  ‘कू’ गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले असफल बनाएर देशलाई बचाएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले दाहालले संविधान र लोकतन्त्रमाथि ‘कू’ गर्न खोजेको आरोप लगाएका हुन् ।

पार्टीभित्रको झगडाले देश अस्थिरताबाट जान खोजेको र यसलाई रोक्न नयाँ म्याण्डेटको आवश्यकता परेको मन्त्री थापाको जिकिर छ ।

मन्त्री थापाले चुनावको विकल्प नभएको भन्दै त्यस विपरित गए प्रतिगमनको बाटोमा देश जाने बताए । अदालतको निर्णय अगाडि नैं विचाराधिन मुद्दालाई प्रभावित पार्न खोजिएको उनको आरोप छ ।

दाहाल नेपाल समूह सडकमा आउनुलाई लोकतन्त्रको अधिकार भएको थापाले बताए ।