नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतले पुनःस्थापना नगरे सबै दल चुनावमा सहभागी हुने बताएका छन् ।
शनिवार बुढानिलकण्ठमा भएको कार्यक्रममा सभापति देउवाले मुद्धा अदालतमा विचाराधीन रहेकाले सडकबाट अदालतलाई दबाब दिन नमिल्ने समेत बताए।
‘अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न हुँदैन। हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ।’ देउवाले भने, ‘अदालतले चुनावमा जाने केपी ओलीको कदमलाई सदर गर्यो भने कांग्रेस चुनावमा जान्छ, अरु पनि जान्छन् । सर्वोच्च अदालतमा ठूलो अदालत जनता हुन्, जनतामा जाँदा के बिग्रिन्छ।’ तर, ओलीले चुनाव गराउनेमा भने शंका रहेको देउवाको भनाइ छ।
ओलीले सुदूरपश्चिमको धनगढी पुगेर चुनाव गराउँछु भनेकाले अदालतले पनि सोही बमोजिम गरेमा प्रचण्डहरु पनि चुनावमा आउने देउवाले बताए।