logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीको सम्बोधनलाई दाहाल-नेपाल पक्षका सांसदद्धारा बहिस्कार


अंकुरण खबर
962
Shares

राष्ट्रियसभामा प्रधामन्त्री केपी शर्मा ओलीको सम्बोधनलाई दाहाल-नेपाल पक्षका सांसदले बहिस्कार गरेका छन् ।

प्रतिगमन गर्ने प्रधानमन्त्रीको सम्बोधन नसुन्ने सहमति अनुसार आफूहरुले बहिस्कार गरेको एक सांसदले बताए । राष्ट्रियसभामा नेकपाका ५० मध्ये दाहाल-नेपाल पक्षमा २१ जना सांसद छन् ।

तटस्थ भूमिकामा रहेका भनिएका संसदीय दलका नेता दिनानाथ शर्मा र पार्टी उपाध्यक्ष वामदेव गौतम भने प्रधानमन्त्रीको सम्बोधन चल्दा बैठकमा सहभागि थिए ।