राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको माटो सुहाउँदो गणतन्त्र नभएको बताएका छन् ।
स्याङजामा झण्डोत्तलन तथा चुनाव चिन्ह ‘हलो’ को अनावरण गर्दे उनले नेपाल जस्तो मुलुकका लागि संघीयता बोझ रहेको बताए ।
उनले देशले संघ, प्रदेश र स्थानीय तहका सयौं कर्मचारी र जनप्रतिनिधि पाल्न नसक्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारणले गर्दा देशमा खतरा बढेको भन्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल बिरोधमा उत्रनु लज्जाबोध भएको टिप्पणी गरे ।
अध्यथ थापाले कम्युनिष्ट र कांग्रेसको बिकल्पमा राप्रपाको आवश्यकता रहेकोमा जोड दिए । प्रधानमन्त्री ओलीको असफलतावाट मुक्ति पाउन ताजा जनादेशमा जानुको बिकल्प नरेको थापाको भनाइ थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य मदनबहादुर कार्की, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष हिक्मतजंग कार्की लगायतले बोलेका थिए ।