logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै


अंकुरण खबर
1.157K
Shares

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत जादैछन् ।

आज र भोलि भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली भारत जान लागेका हुन् ।

त्यस्तै भ्रमण कोभिड–१९ विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास तथा  द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ । आजको परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

लिम्पियाधुरासहितको आफ्नो भू–भागलाई समेटेर नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा निकालेपछि केही चिसिएको नेपाल–भारत सम्बन्धलाई पुनः हार्दिक बनाउन ज्ञवालीको यो भ्रमण सफल हुने अपेक्षा गरिएको छ ।