नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रतिनिभिसभा विघटनविरुद्ध जारी आन्दोलनको समीक्षा गर्दै थप कार्यक्रम तय गर्न छलफल गरेको छ ।
बैठकपछि स्थायी कमिटी सदस्य रघुजी पन्तले बैठकको मूल एजेन्डा संसद् विघटनविरुद्धको आन्दोलनलाई कसरी प्रभावकारी र सशक्त बनाउने भन्ने नै रहेको बताए । ‘अहिलेसम्म भएको आन्दोलनको समीक्षा गर्दै प्रस्तावित आगामी कार्यक्रमका बारेमा छलफल भयो,’ उनले भने ।
बैठक भोलि शुक्रबार बिहान ११ बजे फेरि बस्ने तय भएको छ ।