logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि, पहिलो खेलमा आर्मी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा


अंकुरण खबर
585
Shares

प्रधानमन्त्री कप अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदै छ ।

कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुने पहिलोमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिवि मैदानसँगै मूलपानी क्रिकेट मैदानमा पनि हुने प्रतियोगिता आउँदो माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने क्यानले जनाएको छ ।

क्यानले प्रतियोगितामा सहभागी हुने १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपाल पुलिस क्लब प्रतियोगिताको साविक विजेता र आर्मी उपविजेता हुन् ।