logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीलाई जितका लागि २८८ रनको लक्ष्य


अंकुरण खबर
676
Shares

कप्तान विनोद भण्डारीको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई जितका लागि २८८ रनको लक्ष्य दिएको छ।

विनोदको शतकीय योगदानमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८७ रनको योगफल बनाएको हो।

विनोदले ७२ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै शतक बनाएका हुन्। उनले ७६ बलमा अविजित १११ रन बनाए।

विनोदले राजेश पुलामी मगरसँग पाँचौं विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए। राजेश ३८ रन बनाएर पवेलियन फर्किएपछि विनोदले लोकेश बमसँग १०३ रनको साझेदारी गरे। लोकेशले ४२ रन बनाए।

आर्मीका लागि हरिकृष्ण झा र राजु रिजालले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिएका थिए। हरिकृष्ण १४ रन बनाएर आउट हुँदा राजुले ४५ रन जोडे।

राजुले ७१ बलमा चार चौका र एक छक्का प्रहार गरे। रोहितकुमार पौडेल दश रन बनाएर पवेलियन फर्किए। भिम सार्कीले १५ रन बनाए।

गण्डकीका लागि विशाल पौडेल र विपिन खत्रीले समान दुईरदुई विकेट लिँदा दिपेश खत्री र चन्द्र पौडेलको नाममा एकरएक विकेट रह्यो।