logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनारुपी भूकम्पसँगै नेपालमा राजनीतिक भूकम्प गयो : गृहमन्त्री थापा


अंकुरण खबर
2.691K
Shares

गृहमन्त्री रामबहादुर थापाले नेपालमा राजनीतिक भूकम्प गएको बताएका छन् ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा काठमाडौंको भुगोलपार्कमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोनारुपी भूकम्पसँगै नेपालमा राजनीतिक भूकम्प आएको बताएका हुन् ।

भूकम्प दिवस मनाइरहँदा सरकारको पछिल्लो कदमले राजनीतिक अस्थिरता पैदा भएको समेत गृहमन्त्री थापाले बताए । गृहमन्त्री थापाले शताब्दीको अन्तरमा नेपालमा विपत्तीहरु आउने इतिहासले नै देखाएकाले पूर्वतयारी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमपछि गृहमन्त्री थापाले भूकम्पको सुरक्षाका लागि महानगरले गरेको तयारीको निरिक्षण समेत गरेका थिए । १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परी दिवंगतहरुको स्मृतिमा हरेक बर्ष भूगोल पार्कमा काठमाडौं महानगरपालिकाले स्मृति सभा गर्दै आएको छ ।

त्यस्तै काठमाडौं महानगर प्रमुख बिद्यासुन्दर शाक्यले भूकम्प, कोरोना जस्ता संकटसंग जुध्न महानगरले आवश्यक पूर्वतयारी गरिरहेको बताए ।