logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतविरुद्ध अष्ट्रेलियाको बलियो सुरुवात, लाबुसेनको शतक


अंकुरण खबर
1.794K
Shares

पाहुना टोली भारतविरुद्धको चौथो तथा अन्तिम टेष्टमा अष्ट्रेलियाले बलियो सुरुवात गरेको छ।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो दिनको समाप्तीमा पाँच विकेट गुमाएर २ सय ७४ रन बनाएको छ। अष्ट्रेलियाका कप्तान टिम पेन ३८ र क्यामरन ग्रीन २८ रनमा अविजित छन्।

छैटौं विकेटका लागि पेन र ग्रीनले ६१ रनको साझेदारी गरिसकेका छन्। अष्ट्रेलियाललाई बलियो सुरुवात दिलाउने क्रममा युवा ब्याट्सम्यान मार्नस लाबुसेनले शतकीय इनिङ्स खेले। उनले २०४ बलमा ९ चौकासहित १ सय ८ रन बनाए। टेष्ट क्रिकेटमा उनको यो पाँचौ शतक हो।

४८ रन बनाएर खेलिरहेको अवस्थामा लाबुसेनले जीवनदान पाएका थिए। भारतीय खेलाडीले आउट गर्ने मौका पाएपनि क्याच समात्न सकेनन्। यस्तै, म्याथ्यू वेड ४५, स्टिभ स्मिथ ३६, मार्कस ह्यारिस ५ र डेविड वार्नर १ रन बनाए आउट भए। बलिङमा टि नटराजनले शानदार बलिङ गरे। अष्ट्रेलियाविरुद्धको निर्णायक खेलको पहिलो इनिङ्समा उनले दुई विकेट लिए।

उनले वेडलाई ४५ र लाबुसेनलाई १०८ रनमा आउट गरेका हुन्। वेडलाई शार्दुल ठाकुर र लाबुसेनलाई विकेटकीपर ऋषभ पन्तको हातबाट क्याच आउट गराए। उनले २० ओभरमा २ मेडन राख्दै ६३ रन खर्चेर महत्वूर्ण २ विकेट लिएका हुन्। नटराजनको यो टेष्ट डेब्यू म्याच हो। यस्तै वासिन्टन सुन्दर, शार्दुल ठाकुर, र मोहम्मद सिराजले समान एक–एक विकेट लिए। यी दुई देशबीचको चार खेलको टेष्ट सिरिज एक–एकको बराबरीमा छ। जारी म्याच जित्ने टिम नै सिरिज आफ्नो पक्षमा पार्नेछ।