करिब एक महिनाअघि मन्त्रीबाट हटाइएका मोदीलाल दुगड प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त भएका छन् ।
यही पुस २९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उनलाई प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार दुगडलाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार (अवैतनिक)मा नियुक्त गरिएको हो । उनलाई मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार पदमा नियुक्त गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगड प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् हेरफेर गर्दा हटाइएका थिए ।