logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा दोस्रो दिनको सुनुवाइ सकियो


अंकुरण खबर
715
Shares

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा दोस्रो दिनको सुनुवाइ सकिएको छ ।

उक्त मुद्दाको निरन्तर सुनुवाई मंगलबार पनि जारी रहने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बताए ।

सोमबारको सुनुवाइमा निवेदकका तर्फबाट दुई कानुन व्यवसायीले मात्रै सहभागिता जनाएका थिए । सोमबारको संवैधानिक इजलासको बहसमा दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले मात्रै सहभागिता जनाएका हुन् ।

आइतबारको सुनुवाइमा चार जना कानुन व्यवसायीहरूले सहभागिता जनाएका थिए । न्यायाधीश अनिलकुमार सिन्हाले ३६४ कानुन व्यवसायी रहेकाले छोटो बहस गर्नुपर्ने सुझाव दिएका थिए ।

कानुन व्यवसायीहरूले लामो समय लिँदा मुद्दामा बहस लम्बिने देखिएको छ । इजलासले कुन कानुन व्यवसायीलाई कति समय दिने भन्ने निर्धारण गरेको छैन भने कानुन व्यवसायीले पनि बढीभन्दा बढी समय लिइरहेका छन् । त्यसले गर्दा मुद्दा टुंग्याउन समय लाग्ने देखिएको हो ।

प्रतिनिधिसभा विघटनका मुद्दामा दोस्रो दिनसम्म वरिष्ठ अधिवक्ताले बहसमा सहभागिता जनाएका छैनन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले ससद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि त्यसविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ ।