logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटनविरुद्ध कपाल खौरेर प्रदर्शन, नेविसंघका १५ कार्यकर्ता पक्राउ


अंकुरण खबर
988
Shares

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाल विद्यार्थी संघको एउटा समूहका सदस्यहरुले कपाल खौरिएर प्रदर्शन गरेका छन् ।

राजधानीको ज्ञानेश्वर क्षेत्रमा कपाल खौरिएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेर  १५ जनालाई पक्राउ गरेको छ।

नेविसंघ नेता नवराज त्रिपाठीको नेतृत्वमा निस्किएको जुलुसमा प्रहरीले हस्तक्षेप गरेर १५ जनालाई पक्राउ गरेको छ। नेविसंघ नेता मनीष सिम्खडाका अनुसार पक्राउ परेका सबैलाई कमलपोखरी बृत्तमा राखिएको छ। नेविसंघ उपाध्यक्ष तुलसा पन्तसहितका विद्यार्थीहरु जुलुसमा सहभागी थिए।

सिम्खडाका अनुसार प्रहरीले अनिश आचार्य, सरोज थापा, करुणा सागर सिग्देल, पद्मा भुसाल, प्रशन्त कार्की, सतिश साह, रोशन गुप्ता, अनिल रिजाल, सुरज दङ्गाल, सुभम सिंह, नेत्रविक्रम साही, कौशल काफ्ले, सुरज लम्साल, राजेन्द्र मैनाली, र लक्ष्मण अधिकारीलाई पक्राउ गरि हिरासतमा लिएको छ।