जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले ओली प्रतिगमन प्रमुख खतरा भएको बताएका छन् । यसमा कुनै किन्तुपरन्तु गर्न आवश्यक नरहेको उनको भनाई छ ।
बुधबार ट्विट गर्दै भट्टराइले ठीक र बेठीक बीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्रायः तटस्थ बस्ने बताए । तटस्थताले बेठीक, असत्य र अन्यायलाई मद्दत गर्ने उनको तर्क छ ।
पछिल्लो समय सडक संघर्षमा होमिएपनि संसद पुनस्थापना या निर्वाचन के भन्ने विषयमा काँगेसले आफ्नो धारण बनाउन नसकेका बेला भट्टराईको यस्तो भनाइ आएको हो । काँग्रेस सभापति शेर बहादुर देउवाले सर्वोच्चले संसद पुनस्थापना या निर्वाचन जे निर्णय गरेपनि आफूलाई स्विकार्य भएको बताउँदै आएका छन् ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई नागरिक समाज र विभिन्न राजनितिक दलले असंवैधानिक भन्दै आएका छन् । नेकपाकै दाहाल-नेपाल समूह ओलीको कदम विरुद्ध आन्दोलनमा छ ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायत उनका टिमका नेताले समेत ओलीको कदम असंवैधानिक भन्दै आइरहेका छन् । तर सभापति देउवा भने तटस्थ बस्दा काँग्रेसको एजेण्डा के हो बुझ्न सकिएको छैन् ।
ठीक र वेठीक वीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्राय:तटस्थ बस्छन्।यस्तो बेला तटस्थताले वेठीक/असत्य/अन्यायलाई मदत गर्छ।अनि एक पटकमा एउटै कुरा प्रधान हुन्छ;अरू सहायक हुन्छन्।अहिले ओली प्रतिगमन प्रमुख खतरा हो।कुनै किन्तुपरन्तु नगरौं!
— Baburam Bhattarai (@brb1954) January 20, 2021