logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटन गरेर ओलीले मुलुकमा द्वन्द्व निम्त्याए : यादव


अंकुरण खबर
936
Shares

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले मुलुकमा द्वन्द्व निम्त्याएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार जसपाले सप्तरीको राजविराजमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न पुगेका अध्यक्ष यादवले पत्रकारहरुसँग कुरा गर्दै मुलुकमा द्वन्द्व निम्त्याएकाले ओलीको पतन निश्चित भएको दाबी गरेका हुन् ।

अध्यक्ष यादवले संसद पुनःस्थापनको बिकल्प नभएको पनि बताए । उनले मधेसी समुदायको हक हितका लागी अझै संघर्ष गर्न बाँकी रहेको समेत बताए ।

प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले राजविराजमा जनसभा राखेको छ ।