logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

महिला लिग : पुलिस र चौदण्डीगढी भिड्दै


अंकुरण खबर
741
Shares

राष्ट्रिय महिला लिग फुटबलमा आज (शुक्रबार) एक खेल हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

पुलिस र चौदण्डीगढीबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।

चौदण्डीविरुद्ध मैदान उत्रदा पुलिस पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।

उपाधि दाबेदार मानिएको पुलिसका लागि यस खेल महत्वपूर्ण रहेको छ । यता चौदण्डी भने पुलिसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । चौदण्डीको यो पहिलो खेल हो ।

जारी लिगमा एपीएफले मात्र जित निकालेको छ । एपीएफले बिहीबार चन्द्रपुरलाई ६-० ले हराएको थियो ।

महिला लिगमा तीन विभागीयसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले नगद १५ लाख सहित ट्रफी प्राप्त गर्नेछ । दोस्रोले ८, तेस्रोले ५, चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।