logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एकसँग कर्णाली र प्रदेश दुईसँग बागमती भिड्दै


अंकुरण खबर
1.274K
Shares

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

समूह ‘ए’ मा रहेका प्रदेश एक र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

लगातार तीन खेल हारेको प्रदेश एक प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम खेल जित्दै सुखद अन्त्य गर्ने प्रयासमा हुनेछ । कर्णालीले दुईमध्ये एकमा जीत एकमा हार व्यहोरेको छ ।

कर्णाली दोस्रो जितको खोजीमा रहेको छ । प्रदेश एकसँगै गण्डकी प्रदेश पनि समूह ‘ए’ बाट बाहिरिसकेको छ । समूह ‘बी’ मा रहेको प्रदेश दुई र बागमती बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

लगातार दुई खेल जित्दै समूह ‘बी’ मा अपराजित रहेको बागमती लगातार तेस्रो खेल जित्ने योजनामा छ बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो । प्रदेश दुई भने पहिलो जितको खोजीमा रहेको छ ।