logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिल्लीले रिलिज गरेका सन्दीपले बिग बासमा लगातार ओभरमा विकेट


अंकुरण खबर
1.183K
Shares

इन्डियन प्रिमियर लिग(आईपीएल फ्रेन्चाइज दिल्ली क्यापिटल्सले दुई दिनअघि रिलिज गरेका सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिग(बीबिएल क्रिकेटको शुक्रबार जारी पर्थ स्कर्चर्सविरुद्ध लगातार दुई ओभरमा दुई विकेट लिएका छन्।

उनले पहिलो ओभरको चौथो बलमा ओपनर लायम लिभिङस्टोनलाई आउट गरे। पहिलो बलमा लिभिङस्टोनले सन्दीपलाई छक्का प्रहार गरेका थिए।

लिभिङस्टोन २६ रनमा खेल्दै थिए। छैटौँ ‌ओभरमा सन्दीपलाई बलिङमा ल्याइएको थियो। आठौँ ओभरमा सन्दीपले मिचेल मार्सलाई एलबीडब्लु धरापमा पारे।

पहिला ब्याटिङ गरिरहेको स्कर्चर्सले ८ ओभरमा ४ विकेट ६८ गुमाएर रन जोडेको छ।

दिल्लीले बुधबार सन्दीपलाई रिलिज गरेको थियो। आगामी फेब्रुअरीमा हुने अक्सनमा अब उनी सहभागी हुन पाउने छन्। दिल्लीले लगातार तीन सिजन राखेपछि सन्दीपलाई रिलिज गरेको हो। उनले आईपीएलको गत सिजन एक खेल पनि खेल्न पाएका थिएनन्।