logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले गल्ती स्वीकारे माफी दिने नभए केही समय जेल राखेर निकाल्ने माधव नेपालको चेतावनी


अंकुरण खबर
1.248K
Shares

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गल्ती गरेको स्वीकार गरेमा केही समय जेलमा राखेर माफी दिन सकिने बताएका छन् ।

शुक्रबार राजधानीमा शक्ति प्रदर्शनपछि आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा बिघटन गरेर ओलीले गल्ती गरेको भन्दै त्यसलाई स्वीकार गरे माफी दिन सकिने नभए गल्ती गर्नेलाई जेल सजाय हुने उनले बताए ।

ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ पर्खिरहेको उनले बताए ।  ‘हामीले केपी ओलीलाई अध्यक्षबाट निष्कासन गर्‍यौं । अब अनुशासनको कारवाहीका लागि स्पष्टीकरण सोधेका छौं । उहाँले जवाफ दिनुभएको छैन ।’ नेता नेपालले भने ।

अध्यक्ष नेपालले भने,‘म त भर्खरै कर्णालीबाट आउँदैछु । कतै जवाफ आइहाल्यो कि भन्ने पनि लाग्यो । प्रचण्ड, झलनाथ, नारायणकाजीहरुसँग कुराकानी गर्न पाएको छैन । सुध्रेको कुनै कागज आएको छ कि, गल्ति गरेको स्वीकार गरिहालेका छन् कि कतै माफी नै मागेका छन् कि ?

‘प्रतिनिधिसभाको विघटन गर्नु गलत हो, त्यो पुनस्र्थापनाको निम्ति जुलुसमा समेल हुन्छु भनेका छन् कि ? मान्छेले गल्ति गर्छन्, अपराध गर्छन् । अनि समयमा सचिन्छु भन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । अथवा सुरुमै माफी पनि दिउँला । तर कसैले पनि भ्रम नराखौं, फेरि केपी ओलीसँग नेकपाले झुक्ने कुनै काम गर्ने छैन । सँगै जाने स्थिति बन्ला भन्ने कसैले भ्रम नपाले हुन्छ ।’

उनले केपी ओलीले संविधान विघटनको गल्ती सच्याएर माफी मागे माफी दिनेबारे विचार गरिने बताएका छन् ।