नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले संसद पुनस्स्थापना गर्ने ठोकुवा गरेका छन् ।
उक्त समूहले शुक्रबार राजधानीमा आयोजना गरेको सभामा बोल्दै उनले संविधान बचाउन संसद पुनस्स्थापनाको विकल्प नरहेको बताएका हुन् ।
खनालले भने, ‘हामीलाई सर्वोच्च अदालतप्रति पूरा विश्वास छ । त्यस अदालतले संसदको पुनस्स्थापना गर्छ, गर्छ । त्यो भन्दा अर्को कुनै विकल्प छैन । अदालतले के गर्ला भनेर भ्रम छर्नुपर्ने आवश्यकता छैन । सर्वोच्च अदालतका न्यायमूर्तिहरुले नेपाली जनता के भन्दैछन् सुनिरहनुभएको छ ।’ अदालतले के गर्ला भने भ्रममा बस्नु नपर्ने उनको भनाइ छ ।
निर्वाचन आयोगले पनि कुन पार्टी आधिकारिक भन्ला भनेर जनताले पर्खेर बसेको उनले बताए । ‘तर अहिलेको निर्वाचन आयोग पनि हुकुमी शासनले बनाएको होइन । हामीले बनाएको हो, संविधानसभाले बनाएको हो ।
दल ऐनको धाराले कुनै पार्टी जुटेर नयाँ पार्टी बनेको छ भने पाँच वर्ष फुटाउन पाउँदैन । ४० प्रतिशत पुर्याउनुपर्छ ।’