logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमबीबीएसको बढाइएको ८ लाख शुल्क फिर्ता लिन कांग्रेसको माग


अंकुरण खबर
715
Shares

नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाएको भन्दै फिर्ता लिन माग गरेको छ।

गत वर्षसम्म ४० लाख २३ हजार २ सय ५० रुपैयाँ रहेको एमबीबीएसको शुल्क आव २०७७/०७८ मा ८ लाख बढाएर ४८ लाख पुर्याएकोले फिर्ता लिन माग गरेको कांग्रेसको शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस केन्द्रीय सदस्य तथा विभागीय प्रमुख हरिप्रसाद नेपालको अध्यक्षतामा बीपी स्मृति भवन ललितपुरमा हिजो बसेको बैठकले बढाइएको शुल्क फिर्ता लिन माग गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको आयोगले शुल्क बढाएको थियो। शुल्कवृद्धि डा. गोविन्द केसीसँग ओली सरकारले गरेको सम्झौताविपरीत रहेको कांग्रेसले जनाएको छ।

No photo description available.