logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति काँग्रेसको आपत्ति


अंकुरण खबर
949
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला केही दिनयता दिएका सार्वजनिक अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

ओलीले प्रधानमन्त्री पदको गरिमा माटोमा मिलाइदिएको कडा टिप्पणी गरेको छ। कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले निकालेको विज्ञप्तिमा ‘प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले पदको गरिमालाई धुलिसात् बनाउँदै लगेको उल्लेख छ ।

प्रधानमन्त्रीको व्यवहारलाई कांग्रेसले दुःखद र लज्जास्पद भनेको छ। संसद् विघटनको विरोध गर्नेहरु देशविरोधी हुन् भनेर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको भन्दै कांग्रेसले विरोध गरेको छ ।

संसद विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लाञ्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लाञ्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन पनि कांग्रेसले प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको छ।