logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै


अंकुरण खबर
4.069K
Shares

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

पुलिस र वालिङबीचको खेल बिहान साढे ११ बजेबाट सुरु भएको हो । वालिङविरुद्ध मैदान उत्रिदा पुलिस दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ र आर्मीबीचको खेल अपरान्ह साढे २ बजेबाट बजे सुरु हुनेछ । एपीएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिका र दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई पराजित गरेको थियो ।

उता आर्मी भने दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो खेलमा वालिङलाई ७–० ले हराएको थियो ।