नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै वरिष्ठ नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा आफ्नो विरोधीलाई अपमानित गर्न तम्सिए झैं नै अहिले प्रधानमन्त्री ओली तम्सिने गरेको बताएका छन् ।
उनले सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडिमा सोमवार प्रवुद्ध नागरिकमाथि प्रहार गरे झैं दमनमा उत्रने गरेको इतिहास रहेको उल्लेख गरेका छन् ।
वरिष्ठ नेता पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसँग डटेर लड्नका लागि थप उर्जा प्रदान गर्ने बताएका छन् ।
उनले प्रतिगमन विरुद्धका सबै आन्दोलनमा आफ्नो साथ र सर्मथन रहने पनि उल्लेख गरेका छन् । साथै लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा उनले आफैं अघिल्लो मोर्चामा हुने पनि बताएका छन् ।