logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सन्दीप लामिछाने आबद्ध हरिकेन्स बिग बासको पहिलो चरणबाटै बाहिर, पुछारको टोलीसँग पराजित


अंकुरण खबर
1.144K
Shares

नेपालका सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्स अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ।

पहिलो चरणको अन्तिम खेलमा मंगलबार पुछारको टोली मेलबर्न रेनेगेड्ससँग ११ रनको हार ब्यहोरेपछि हरिकेन्स शीर्ष पाँचभित्र अटाउन सकेन।

एक सय ५१ रनको लक्ष्य पाएको हरिकेन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन जोड्न सक्यो। हरिकेन्सले अन्तिम सात बलमा तीन विकेट गुमाएको थियो।

त्यसअघि पहिला ब्याटिङ गरेको रेनेगेड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५० रन जोडेको थियो। सन्दीपले चार ओभरमा ३५ रन खर्चिए पनि एक विकेट पनि हात पार्न सकेनन्।

प्रतियोगिताको यो सिजन सन्दीपले ८ खेलमा ८ विकेट हात पारे। हरिकेन्स १४ खेलबाट २८ अंक जोडेर छैटौँ स्थानमा रह्यो। एडिलेड स्ट्राइकरको पनि १४ खेलबाट २८ अंक रहेपनि हरिकेन्स नेटरनरेटमा पछाडि पर्‍यो।

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको गत सिजन एकै खेलमा पनि अवसर नपाएपछि दबाबमा परेका सन्दीपले बिग बासको यो सिजन गतिलो प्रदर्शन गर्न सकेनन्। गत सिजन उनको महत्वपूर्ण प्रदर्शनमा मेलबर्न स्टार फाइनलसम्म पुगेको थियो।