नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन हुनेमा अब कुनै शंका नभएको बताएका छन् ।
बिहीबार बुटवलमा आयोजित विरोधसभामा बोल्दै नेता भुसालले ‘निरङ्कुशताको प्रेत’का रुपमा ओली खडा भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा अगाडि आएको बताए ।
‘ओलीको बाटो संविधानको हत्या गर्ने, अस्थिरता, अशान्ति र बर्बादी हो,’ उनले भने, यसविरुद्ध हामी खडा छौं, सडकमा हराइन्छ, अदालतमा हराइन्छ । तर फेरि अर्को ओली नजन्मिने ग्यारेन्टी के हो ? जनतालाई भन्नुपर्नेछ ।’