logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चन्द्रपुर नगरपालिकालाइ हाराउदै महिला लिगमा आर्मीको दोस्रो जित


अंकुरण खबर
806
Shares

विभागीय टिम नेपाली सेनाले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिकालाई दश–शुन्य गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो ।

आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मी घिसिङले समान चार–चार गोल गरिन् । यस्तै विमला चौधरी र सपना लामाले एक एक गोल गरिन् । जितसंगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलमा ७ अंक जोडेको छ ।

यस्तै, चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।