logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा आयोजित सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


अंकुरण खबर
1.638K
Shares

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने भएका छन् ।

भरतपुरको केन्द्रीय बसटर्मिनलमा हुने बृहत जनसभालाई सम्बोधन गर्न ओली आज चितवन जान लागेका हुन् ।

सभालाई सम्बोधन गर्नुअघि ओलीले भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्राङ-पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

आज दिउँसो १२:३० बजेबाट सुरु भएको सभा अघि पूर्व क्षेत्रको बसन्तचोक,पश्चिम क्षेत्रको चौविसकोठी र उत्तर क्षेको मालपोत चोकबाट र्‍याली निकालिएको हो ।

जनसभामा प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच, प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको समूहले सो कार्यक्रम रोक्न्न माग गरेको छ ।