logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै


अंकुरण खबर
1.157K
Shares

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

आजको पहिलो खेलमा विराटनगर महानगरपालिका र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । खेल बिहान साढे ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

अहिलेसम्म खेलेको चार खेलमा विराटनगरले दुईमा जित एकमा बराबरी र एकमा हार ब्यहोरेको छ । विराटनगर तालिकाको सातौ‌ स्थानमा छ । यस्तै आजै हुने अर्को खेलमा एपीएफ क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका खेल्दै छन् ।

खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा नै दिउँसो साढे २ बजे हुनेछ । अहिलेसम्म खेलेका पाँच खेलमा पाँचौ‌ खेल जितेको एपीएफ आज पनि जित निकाल्दै अपराजित यात्रा कायमै राख्न चाहन्छ ।

चौदण्डीगढी भने चार खेलमा सबैमा हार ब्यहोर्दै तालिकाको पुछारमा छ । प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको थियो ।