logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला लिगमा गोलको वर्षा : एपीएफले चौदण्डीगढीलाई २२-० ले हरायो


अंकुरण खबर
2.73K
Shares

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले उदयपुरको चौदण्डीगढीलाई फराकिलो अन्तरले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा साविक विजेता एपीएफले चौदण्डीगढी नगरपालिकालाई २२-० ले हराएको हो ।

एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । यस्तै कप्तान अनु लामाले पाँच, उपकप्तान अनिता बस्नेतले तीन गोल तथा रेनुका नगरकोटी र सरु लिम्बुले एक/एक गोल गरे ।

जितसँगै एपीएफले ६ खेलमा १८ अङ्क जोडेको छ । चौदण्डीगढीको यो लगातार छैटौं हार हो । अङ्कविहीन चौदण्डीगढी पुछारमा रहेको छ ।