logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डबिरुद्ध परेको अपहेलना मुद्दामा सुनुवाई हुँदै


अंकुरण खबर
884
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज पेशी तोकिएको छ ।

आइतबार अध्यक्ष दाहालविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता समीर हायुले अवहेलना मुद्दाको निवेदन दाएर गरेका थिए ।

प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई गम्भीर रूपमा प्रभावित पार्ने कार्य भएको र स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको भन्दै अदालतको अवहेलना मुद्दा दायर गर्नुपरेको निवेदनमा उल्लेख गरिएको छ ।

धम्कीपूर्ण भाषा प्रयोग गरी दाहालले अदालतलाई गम्भीर रूपमा त्रसित, प्रभावित गरेको र जनतालाई अदालतको काम कारबाहीसँगै स्वेच्छताको विषयमा गम्भीर भ्रम सृजना गरेको आरोप पनि लगाइएको छ ।