logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली राष्ट्रिय महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने


अंकुरण खबर
1.976K
Shares

नेपाली राष्ट्रिय महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने भएको छ ।

एसियन भलिबल महासंघको बैठकले अगष्टमा चीनको गोन्जाओमा हुने च्याम्पियनसिपमा नेपाललाई छनोट गरेको हो ।

चीनको भलिबल संघले अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म भलिबल खेल आयोजना गरेको हो । सेन्ट्रल जोन मध्य इस्ट जोन र वेस्ट जोनबाट कुनैपनि देश सहभागी नहुने भएपछि महासंघले उज्वेकिस्तान, श्रीलंका र नेपाललाई सहभागी गराउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको अवस्था हेरेर प्रतियोगिताको दुई महिना अघि खेल हुने/नहुने टुंगो लगाउने निर्णय पनि बैठकले गरेको छ । प्रतियोगितामा चीन सहित १६ टिमले सहभागिता जनाउनेछन् ।

नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा महिला भलिबलतर्फ रजत पदक जितेको थियो । बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा भने महिला टिमले स्वर्ण पदक जितेको थियो ।